नौ बुँदे सहमति पछि डा केसीले अनसन तोडे, उपत्यकामा १० वर्ष सम्म मेडिकल कलेज खाेल्न नपाइने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाण्डौ ।सरकार सँगको नौ बुँदे सहमति पछि प्रा डा गोबिन्द केसीले बिहिबार राती २७ दिन लामो अनसन तोडेका छन । सहमती पछि केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ शिक्षण अस्पताल महाराजगंज पुगी डा केसीलाई जुस पिलाएर अनसन तोडाएका हुन । स्वास्थ अवस्था कम्जोर भएका कारण डा केसीले सम्बोधन गर्न भने सकेनन् ।यद्यपी उनले लिखित वक्तब्यमार्फत अनसनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
सरकारले डा केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ ।जसमा काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने विगतको सहमतिलाई बर्तमान सरकारले पनि निरन्तरता दिएको छ ।