काठमाडौं । बाल गायक आयुष केसीको स्वरमा रहेको ए इज फर एप्पल बोल गीतको शैक्षिक भिडियो सावजनिक भएको छ ।
सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् ।
सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राट्रभक्तिले ओतप्रोत गीतमा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।गित सम्राट क्रिएशनले निर्माण गरेको हो ।
यस शैक्षिक गीतका गायक केसीलाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटीएका निर्देशक दाहाल बताउँछन् ।गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेका छन् ।

