जोर/ बिजोर प्रणाली हट्यो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडाैं,१५ भदाै ।

सरकारले बिमस्टेक सम्मेलनमा सहभागि हुन आउँने पाहुनाहरुको सहज आवागमनका लागि लागू गरेको जोर बिजोर प्रणाली शुक्रबार रातीबाट हटेको छ ।

सम्मेलन अवधिभरका लागि भन्दै यहि भदौ १३ गतेदेखि शुक्रबार सम्म गरि तीन दिनका लागू सो प्रणाली गरिएको थियो । बिशिष्ट अतिथिको आवागमनका बेला त झन सवारी जाम हुने देखेर सरकारले उक्त प्रणाली अपनाएको थियो ।राजधानीमा सामान्य अवस्थामा पनि साँझ विहान दैनिक जसो जाम हुने गरेको छ ।

सम्मेलनमा सहभागि हुन आएका अतिथि मध्ये चार जना स्वदेश फिर्ता भई सकेका छन् भने भुटान र श्रीलंकाका सरकार प्रमुख मात्र रहेका छन् ।बिमस्टेकको चौथो सम्मेलन १८ बँुदे काठमाण्डौ घोषण पत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ ।