काठमाडौं,२९ भदौ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । उनले महानगरपालिकाको हरेक काम कारबाहीमा पार्टीको हस्तक्षेप भएको भन्दै आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् ।
सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर पदमा निर्बाचित भएका थिए । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । फोरमका नेताहरुले मेयर सराबगीले राम्रो र जनता रिझाउने काम नगरेको आरोप लगाउँदै आएका छन् ।