कार्यक्रमको लागी निम्तालुहरू आउनेक्रम जारी थियो । आर्इपुगेकाहरू भने कार्यक्रम पर्खिरहेका थिए , नेपाल पर्यटन बोर्डको हलको स्टेजमा पर्दा लगार्इएको थियो । अकस्मात दर्शक
दिर्घाको बत्ती निभ्यो ,उपस्थितहरूलार्इ लाग्यो बत्ती गयो ।
ठिक त्यही समयमा पर्दा बिस्तारै खुल्यो र लार्इभ सुमधुर संगितको आवाज गुन्जीयो , दर्शकदिर्घाको ध्यान स्टेजतिर गयो । हातमा उज्यालो बोकेर एक पात्र त्यही लार्इभ म्युजिक संगै स्टेजमा देखा पर्यो , उस्को हातको त्यो प्रकाशले पुरै हललार्इ थोरै भएपनि उज्यालो बनायो । दर्शकमा कौतुहलता बढ्यो ,बिस्तारै त्यो पात्र लार्इभ म्युजिक संगै बोल्न थाल्यो ,उस्का हरेक शब्दमा गहिरो अर्थ थियो , त्यो पात्र स्टेजपुरै कभर हुने गरी यताउता गर्दै त्यस्तै
गहिरो कुरा गरिरह्यो , अन्त्यमा त्यो पात्रले बोल्यो वराङ्गना ,वराङ्गना ,वराङ्गना । लार्इभ म्युजिक समुहका गाएकले पनि हलको ध्यानकेन्द्रित गर्दै वराङ्गनाको गाए , हलको निभार्इएको बत्ती बल्यो । स्टेजमा हातमा दियो लिएर शुरैदेखीनै सबैको आकर्षणको केन्द्र बनेको त्यो पात्रलार्इ बल्ल सबैले चिने । तालीको गडगडाहट संगै हातमा दियो लिएको त्यो पात्रले मुसुक्क मुस्कुराउदै सबैलार्इ अभिवादन गर्यो । त्यो पात्र अरू कोही नभएर कलाकार एवं साहित्यकार सोविता सिम्खडा थियो । उनलार्इ चिन्ना साथ तालीको आवान झन बढ्यो ,पोडियममा उभिएका उद्घोषकको आवाज आयो नमस्कार ।
नायिका सोविता सिम्खडाको उपन्यास वराङ्गनाको बिमोचन समारोहको सुरूवात थियो यो । सबैको आकर्षणको केन्द्र बनेकी लेखिका सोविता कार्यक्रम अवधीभर नै त्यो आकर्षण कायमै राख्न सफल भर्इन । बिमोचित कृतीको सबैले प्रशसा गरे , सोविताको साहित्यमा भएको डब्युले साहित्य जगतमै नयाँ शैलीको निर्माण भएको उपस्थित सबैको ठम्मार्इ थियो । वराङ्गनाका समिक्षक
डा नवराज लम्सालले वराङ्ना सबैले सोचे भन्दा भिन्न र स्तरिय भएको ठोकुवा नै गरे । लम्सालले सोविताको साहित्यमा भएको आगमनले अहिले चर्चामा रहेका कतिपय लेखकहरूलार्इ समेत चुनौती रहेको विश्लेषाण गरे ।
वराङ्गना सार्वजनिक भए संगै यस्ले सबैबाट सकारात्मक प्रतिकृया पाएको छ । दशैको मुखमा वराङ्गना एउटा प्रिय उपहार बन्ने कुरामा दुर्इमत छैन । उपन्यास वराङ्गनालार्इ बुलबुल पब्लिकेशनले प्रकाशन गरेको हो ।
वराङ्गनाको समाचार राससमा
काठमाडाैं,५ असाेज । नायिका सोबिता सिम्खडादवारा लिखित पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यासकाे शुक्रबार विमाेचन गरिएकाे छ । काठमाडाेंमा अायाेजित एक कार्यक्रमक बीच उक्त उपन्यासकाे विमाेचन गरिएकाे हाे ।
पुस्तक विमोचन गर्दै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ‘वराङ्गना’ वास्तबमै राम्राे उपन्यास बनेकाे चर्चा गर्दै याे पछिल्लाे पुस्ता माझ छिट्टै पपुलर हुने समेत बताए ।
पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्यामा वृद्धि भइरहेकाे प्रति चन्दले खुशी व्यक्त गरे । साथै उनले एक दशकमै राम्रो उपलब्धि हासिल हुने विश्वास समेत व्यक्त गरे ।
यस्तै, साहित्यकार नवराज लम्सालले ‘वराङ्गना’ प्रेम जीवनमा आधारित समसामयिक कृति भएको बताए । ग्रामीण परिवेशमा बोलिने भाषामा लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल रहेको उनको भनाइ थियो ।
अधिकांश लेखक अरूको विचारको भरिया हुने गरेकामा सिम्खडाले स्वतःस्फूर्त रुपमा बोलीचालीमा प्रयोग हुने शब्दको उपयोग उपन्यासमा गरेकाे लम्सालले सुनाए ।
दुई दर्जन भन्दा बढी नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गरि सकेकी सिम्खडाकाे याे पहिलाे उपन्यास हाे। विभिन्न कथा वस्तुकाे पात्र बनेर चलचित्रकाे पर्दामा भूमिका निर्वाह गर्दै अाएकी सिम्खडाले उपन्यासमा पनि अाफैं पात्र झै डुबेर लेखेकी छिन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार बबिता बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सीताराम घले परियार, लेखिका सिम्खडा लगायतले वर्तमान प्रेम जीवनलाई उपन्यासमा उतारिएको चर्चा गरे ।