सर्वोच्चको सातौँ पटकको आदेशपछि विश्वकर्मा थुनामुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डाै,९ असाेज । सर्वोच्च अदालतको आदेशपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधिशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । उनलाई यस पटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन ।सर्वोच्च अदालतले यस अघि पटक पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो ।