सिएमसीबाट मेलम्चीको काम अघि नबढ्ने निश्चित, सर्तसहितको पत्र पठायो

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाैं ।मेलम्ची खानेपानी आयोजना प्रमुख ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाबाट बाँकी काम नहुने निष्कर्षमा पुगेको छ । फर्किने वाचासहित नयाँ वर्ष मनाउन गएका प्रतिनिधिलाई सिएमसीले पठाउनुको सट्टामेलम्ची आयोजनालाई सर्तसहितको पत्र पठाएपछि मेलम्चीको बाँकी काम उक्त ठेकेदार कम्पनीबाट नहुने निष्कर्षमा पुगेको हो ।

सिएमसीले दाबी गरेको क्षतिपूर्तिसहित बाँकी सबै वक्यौता चुक्ता गरेपछि मात्रै आयोजनाको बाँकी काम गर्न सक्ने सर्तसहितको पत्र पठाएको छ। उसले वार्तामा बस्न तयार रहेको जनाए पनि त्यसको लागि नेपालमा भने आउन नसक्ने सर्त राखेको छ ।

सिएमसीको सर्त मान्न सकिने खालका नभएकाले सरकार बैठक बसेर छिटै वैकल्पिक निर्णयमा पुग्ने एक अधिकारीले बताए ।

सिएमसीले भूकम्प र नाकाबन्दीका वेला काममा असर परेको भन्दै एक अर्ब ६५ करोड क्षतिपूर्ति मागेको छ । तर, मेलम्ची आयोजना ३५ करोड मात्र दिन सहमत छ । भाग्न खोजेका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको टोलीलाई प्रहरीले लाइसेन्स जफत गरेर रोकेको थियो ।पछि इटालियन दूतावासको पहलमा आयोजनाको बाँकी काम सम्पन्न गर्न कम्पनी सहमत भएपछि सरकारले ग्रेसहित सबै २७ प्रतिनिधिलाई नयाँ वर्षमा घर जान अनुमति दिएको थियो ।