धनुषा,३० पुस । प्रदेश नम्बर २ का अर्थमन्त्री विजय कुमार यादवबाट पिटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन्।
मन्त्री यादवको प्रहारबाट मुख र दाँतको भित्री भागमा चोट लागेपछि राति नै अस्पताल भर्ना भएका हुन्। रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले बताए।
आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव झाको आरोप छ। तर, मन्त्री यादव भने आरोप अस्वीकार गर्दै आएका छन्।

