सरकारविरुद्ध सदन र सडकमा आन्दाेलन थाल्ने कांग्रेसको घोषणा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाैं,११ माध ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको छ।

संसद बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायवादी शैलीमा अघि बढेकाले सडक र सदनबाटै संघर्ष गर्ने बताए। जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि कांग्रेसले सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको हो।

संसदले प्रतिपक्षी कांग्रेसको चर्को विरोधकाबीच अनसनरत डा. गोविन्द केसीका माग विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको थियो।

उनले प्रतिपक्षीको भावनालाई नसमेटेर विधेयक पारित गरिएकोमा आपत्ति समेत जनाए। उनले सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको आरोप लगाए।

देउवाले कांग्रेसका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताललाई निमिट्यान्न पार्न खोजेको बताए। सरकार सदनमा तानाशाही रुपमा प्रस्तुत भएकाले अब सडक र सदन संघर्ष जारी राख्ने पनि सभापति देउवाले बताए।