काठमाडौँ, १९ फागुन । उपचारका क्रममा शनिबार राति निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ।
त्यस अघि उनकाे पार्थिव शरीरलाइ श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको थियाे ।
बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएकाे थियाे। नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

