दोहा कतार , बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुको भावना समेटिएको कबिता संग्रह आधा जीवन सार्वजनिक भएको छ ।
बिगत करिब १० बर्ष देखी हरेक महिना कतारमा हुंदै आइरहेको साहित्य बाचन डबलीको ९०औ श्रङखलामा पत्रकार दिपक पुडासैनीको कबिता संग्रह आधा जीवनको घुम्टो खोलीएको हो ।
अन्तराष्टिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालाय कतारले संयूक्त रुपमा आयोजना गरेको कार्यकममा संग्रह आधा बिमोचन गरिएको हो ।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियांको प्रमुख आतिथ्यता तथा नबोदित मोबाइल साहित्य वाचनालयका अध्यक्ष दिप मिलन को सभापतित्वमामा संम्पन्न भएको उक्त कार्यक्रममा साहित्यकार सिताराम थापाले आधा जीवनको समिक्षा गरेका थिए ।
एडिबी पब्लीकेशन द्दवारा प्रकाशित तथा बुलबुल पब्लीकेशन द्दवारा बितरित आधा जीवन कविता संग्रहमा पुडासैनीका ३९ वटा र उहांकी छोरी दिक्षा पुडासैनीका ३ वटा कविता समेटिएका छन ।
घर, परिवार, गाउं, समाज र देश छोडेका प्रवासीहरुले आफ्नो हरेक पल आधा बांचेका हुन्छन । शरिर प्रवासमा भएपनि मन हरपल स्वदेशमै आफ्नै गाउं समाज र परिवार संगै रुमल्ली रहेको हुन्छ । यहिभाव लाई मनन गरेरै आफ्को कृतीको नाम आधा जीवन राखेको सर्जक दिपक पुडासैनीले बताएका छन ।
अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईले सन्चालन गरेको कार्यक्रममा २० गजलकारका १०० गजलहरुको संग्रह इन्द्रेणी भाग ४ को पनि बिमोचन गरिएको थियो । युवा साहित्कार रमेश सापकोटा “हरिलठ्ठक”को जन्म जयन्तीको अबसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा युवा साहित्यकार निर्मल ढुंगानालाई रमेश स्मृती सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।