रामेछाप,९ वैशाख । काठमाडौंबाट उडेको तारा एयरको नाइन एन एकेको कल साइनको डोर्नियर विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ।
सोलुका लागि उडेको सो विमान खराब मौसमका कारण मन्थलीमा अवतरण गर्दा चिप्लिएर दुर्घटना भएको विमानस्थलले जनाएको छ। तारा एयरकोसो विमान सोमबार बिहान रन–वेबाट चिप्लिएको हो।
काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो। विमानमा १४ जना यात्रु चढेका थिए। दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

