बिप्लभ समुहद्धारा काठमाडौमै बम बिष्फोट, तिन जनाको मृत्यु

Nirajan Bhandari Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौ । काठमाडौमै बम बिष्फोट हुदा तिन जनाको मृत्यु भएको छ भने कयौं घाईते भएका छन ।

राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउँसो विस्फोट हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुई ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई ओम अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिदैछ ।
घट्टेकुलोमा बम बनाउदै गर्दा बम पडिकिएको थियो भने सुकेधारामा पेसरकुकर बम बिस्फोट गराईएको थियो ।
घट्टेकुलोमा बिस्फोट स्थलमा एक पर्चा पाईएको छ जुन पर्चा बिप्लभ समुहको भएको पहरीको भनाई छ , बिप्लभ समुहले भोली सोमबार नेपाल बन्दको आब्हान गरेको थियो त्यही बन्दलाई सफल पार्नको लागी आजै देखी सो समुहले यस पकारको घटना .घटाएको पहरीको भनाई छ ।

घाइतेमध्ये ५ जनालाई ओम अस्पतालमा लगिएको छ भने एक जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। ओम अस्पतालमा उपचाररतमध्ये ३ जनालाई आइसियुमा राखिएको छ।
अन्यको अवस्था सामान्य रहेको छ। यस्तै ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवका अनुसार घाइतेको आकस्मिक कक्षमा आवश्यक उपचार भइरहेको छ।