काठमाडाैं,१० भदाै ।पूर्व युवराज्ञी हिमानी शाह आफ्नो फेसबुक पेजमार्फत् विभिन्न भावनाहरु पोखिरहेकी हुन्छिन्।
पछिल्लोपटक उनले वृद्धाश्रमको स्थितिका बारेमा आफ्नो भावना पोखेकी छिन्, जसमा उच्च घरानाका वृद्ध बाबुआमा वृद्धाश्रममा भेटिने तर सामान्य परिवारका बाबुआमा वृद्धाश्रममा नहुने उल्लेख गरेकी छिन्।
उनले फेसबुक स्टाटसमा भनेकी छन्– यदि तपाईं वृद्धाश्रममा जानु भयो भने त्यहाँ वृद्धहरूलाई सोध्नुहोस कि तपाईंको छोरा के गर्छ? तब जवाफ मिल्नेछ कि मेरा छोरा अफिसर हो, डाक्टर हो, वकिल हो, इन्जिनियर हो, टिचर हो। तर तपाईंलाई एउटा पनि यस्तो वृद्ध मिल्नेछैन, जसले भन्दछ मेरो छोरा किसान, अनपढ, मजदूर या गरिब हो.. किनकि गरिब किसान मजदूरको आमाबुबा कहिल्यै वृद्धाश्रम पुग्दैनन्।’
यदि तपाई वृद्धाआक्ष्रम जानुभयो
भने त्यहाँ वृद्धहरुलाई सोध्नुहोस् कि
तपाइको छोरा के गर्दछ ?
तव जवाफ मिल्नेछ कि मेरो छोरा आफिसर हो , डाक्टर हो , वकिल हो , इन्जिनियर हो टिचर हो तर तपाईलाई एउटा पनि यस्तो वृद्ध मिल्ने छैन जसले भन्दछ मेरो छोरा किसान , अनपढ , मजदूर , या गरीब हो ।किनकी गरीब किसान मजदुरको आमाबुवा कहिल्यै वृद्धाक्ष्रम पुग्दैनन् !!


