सिंगापुरबाट दोस्रोपटक भिडियो क्याबिनेट : प्रधानमन्त्रीले गराए उपचारबारे जानकारी

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ६ वर्ष अगाडि

काठमाडाैं,१७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्का सदस्यसँग सिंगापुरबाटै टेलिप्रिजेन्स प्रविधिमार्फत छलफल गर्नु भएकाे छ ।

मंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल शुरू गर्नु भएकाे उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनु भयाे।
छलफलका क्रममा ओलीले सरकारका कामको बारेमा जानकारी लिनु भएकाे थियाे ।

सो क्रममा ओलीले आफ्नो उपचारबारे पनि मन्त्रीहरुलाई जानकारी गराउनु भयाे । सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार बुधबार सकिँदैछ ।उहाँ आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।