बीपीले गरेका समाज सुधारका कामहरुकाे कांग्रेसले स्वामित्व लिन सकेन:पाैडेल

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ६ वर्ष अगाडि



काठमाडाैं,२४ भदाै , नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ ।

विपी जन्मजयन्तीको अवसरमा मंगलवार सुन्दरीजलस्थित विपी संग्राहलयमा मंगलबार आयोजित कार्यक्रममा नेता पौडेलले विपीवादलाई मान्नु भनेको समय सापेक्ष रुपमा परिवर्तनशील समेत हुनु हो भन्ने धारणा राखे । विपीको समयमा समाज सुधारका लागि धेरै क्रान्तिकारी तथा प्रगतिशील कामहरु भएपनि कांग्रेसले त्यसको स्वामित्व लिन नसकेको धारणा पौडेलले राखे ।

“विपीसँग तत्कालीन समाजभन्दा दश कदम अघि बढ्न सक्ने अद्भूत क्षमता थियो तर अहिले हामीसँग समाजलाई भेटाउने शक्ति समेत छैन” पौडेलले भने । विपी जस्ता महानायककै कारण नेपाली कांग्रेसको इतिहास विश्वका अरु कुनै देशको गौरवशाली राजनीतिक दलको भन्दा कम नरहेको पौडेलले बताए ।

नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व महामन्त्री कुन्दनराज काफ्ले, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे, विपी संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेल लगायतका वक्ताहरुले विपीको विचार कार्यान्वयन नगर्दा कांग्रेस कमजोर भएको भनाइ राखेका थिए ।

सो अवसरमा संग्राहलय परिसरमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वका १ सय ६ वटा विभिन्न प्रजातिका बोट बिरुवा रोपिएको थियो ।