विप्लवका छोरा प्रकाश छुटे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

चितवन,२६ भदाै । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश रिहा भएका छन्।

चितवनको भरतपुर मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्वकर्ताको रुपमा प्रकाशलाई वुधबार पक्राउ गरेको थियो। प्रकाशसँगै नियन्त्रणमा लिइएका अरु सात जनालाई पनि आज विहान छाडिएको जनाइएको छ।

अस्पताल भित्र आन्दोलनका नाममा हुलहुज्जत गर्न खोजेको भन्दै विद्यार्थीहरुलाई नियन्त्रणमा लिँदा प्रकाश पनि पक्राउ परेका थिए। यअसघि बुधबार साँझ अरु ९ जना विद्यार्थी रिहा भएका थिए।