काठमाडौं,२६ भदौ । नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ। भदौ २० गतेलाई निर्धारण गरिएको चुनाव अदालतमा मुद्दा परेको कारण अन्योलमा परेको थियो। सर्वोच्चले बाटो खोलेसँगै एनओसीले आउँदो शनिवार चुनाव गराउने तयारी सुरु गरेको हो।
० गते चुनाव हुने भनिएकोमा कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर गरेपछि सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले भदौ २० गते तय गरिएको कमिटीको कार्यसमिति चुनाव रोक्न भनेको थियो। तर, २२ गते फेरि सर्वोच्च अदालतले भदौ १७ गते एनओसीको कार्यसमिति चुनाव रोक्न दिएको अल्पकालीन आदेशलाई निरन्तरता नदिएसँगै अब निर्वाचन प्रक्रिया सुरु भएको थियो। तेजबहादुर केसी र डा मनोज शर्माको इजलासले पहिले निर्वाचन रोक्न दिएको आदेशलाई निरन्तरता नहुने आदेश गरेको थियो।
?उश्रनेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

