धरहराको पुनर्निर्माण २६ प्रतिशत सम्पन्न

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २६ भदौ । ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणमा आज भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ रमन महतोले उक्त जानकारी दिएका हुन् ।

तथापि, आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको उनको भनाइ छ ।

धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ । त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ ।