काठमाडाैं ।दुई समूहमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रतिनिधिसभाकाे बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह)लाई सत्तारुढ दल कै बेच्नमा बस्न व्यवस्था मिलाइएकाे संसद् सचिवालयले जनाएको छ ।राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरिएकाे छ।
नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो ।संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई गरी तीनवटा सेटमा छुट्याइएको हुन्छ। पुनःस्थापना पछि प्रतिनिधिसभाकाे बैठक भाेलि बस्दैछ ।

