काठमाडाैं । सर्वाेच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको हो ।
कट्टेलले आफूहरूको नामसँग मिल्ने गरी त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै केहीसमय अगाडि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतको निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवादमा थप जटिलता थपिएकाे छ ।
अब आधिकारिककाे दावी गर्दै हिड्का अाेली र प्रचण्ड दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।त्यसका लागि दुई अध्यक्ष आयोगमा जानुपर्नेछ । नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्नेछ ।
हालको अवस्थामा यसरी निर्णय हने अवस्था देखिदैन । तसर्थ अब तत्कालिन एमाले र माअाेबादी पार्टीलाइ ब्यूँताएर दुबै समूहले अलगअलग रूपमा पार्टीकाे नाम राखेर अगाडि बढ्नुपर्ने स्थिति देखिएकाे छ ।

