संसदमा नाराबाजी, बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं।प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ।

सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर स्थगित भएको हो। बैठक अब फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले रोष्टम घेराउ गरेर अवरोध गरेको थियो भने प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो। संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सांसदहरुले अध्यादेश स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएका थिए। बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँडले अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गरे। संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदहरुले रोष्टम घेराउन गरेपछि सभामुखले बैठक स्थगीत गरेका हुन्। त्यसअघि प्रचण्ड–नेपालपक्षले बैठक बहिष्कार गरेका थिए।

वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन्। बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताए।

सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि प्रचण्ड–नेपाल पक्षका सांसदहरु बाहिएका थिए।