पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ? मास्क नलगाई जाँदा फर्कनुपर्ला!

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं । महाशिवरात्रिकाे पावन अवसरमा पशुपतिनाथकाे मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य गरिएकाे छ ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको जानकारी पनि उहाँले दिनुभयो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि कोषले भक्तजनलाई आह्वान गरेको छ । कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ ।

महाशिवरात्रिमा पशुपति आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि नै कोष, गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयलगायत संस्थाले निःशुल्क भोजन, धुनीलगायत व्यवस्था गर्ने प्राचीन परम्परा छ । आज आठ लाख भक्तजनले पशुपति दर्शन गर्ने कोषले अनुमान गरेको छ ।