महोत्तरीमा घाँस काट्न जाँदा हराएका ७ जना किशोरी भारतमा भेटिए

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

महाेत्तरी । महोत्तरीबाट मंगलबार बेपत्ता भएका ७ जना किशोरी भारतमा फेला परेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका किशोरी भारतमा फेला परेका हुन् ।सबै किशोरी सकुशल छन् ।मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका थिए ।

उनीहरुलाई उद्धार गरी ल्याइने प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् । सबैजना दलित परिवारका हुन्।