काठमाडौं ।नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई हटाएरै छाड्ने बताएका छन् ।उनी रहेसम्म लोकतन्त्र खतरामा रहने भन्दै संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने पाैडेलले बताए ।
शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा उनले जनताले दिएको दुईतिहाइको जनमतलाई प्रधानमन्त्रीले लत्याएको आरोप समेत लगाए। सरकारलाई बीचबिचमा सम्झाउन कोसिस गरेकै हो तर सरकारले सोझो बाटो लिन नचाहेको उनको भनाई थियो ।
अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने उनले स्पष्ट पारे । पौडेलले प्रधानमन्त्रीमा अहंकार देखिएको र मुलुकमा समग्र लोकतन्त्रमाथि खतरा ल्याएको बताए। ओलीले अब सत्तामा रहन उपयुक्त नभएको र अब छोड्ेनन् भने छोड्न लगाउने पौडेलको चेतावनी थियो ।

