कोरोनाको दोस्रो खाेप वैशाख ७ देखि लगाउन शुरू गरिने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं ।सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन मिति निर्घारण गरेकाे छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप लगाउन लागिएको हो ।सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी गरी ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाएकाे थियाे ।

सरकारले पहिलाे चरणकाे खाेप फ्रण्टलाईन रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायत जाेखिम माेलेर काम गर्नेहरूलाई प्राथमिकताकाे आधारमा लगाउन सुरू गरेकाे थियाे ।  अब दाेस्राे चरणकाे खाेप चीन सरकारले दिएकाे खाेपलाई पनि प्रयाेग गरिने भएकाे छ ।यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ । 

काेराेनाकाे दाेस्राे लहर सुरू भइरहँदा सरकारले प्राप्त खाेपकाे उपयाेग गर्न लागेकाे हाे । खाेप लगाएकाहरूले पनि अनिर्वाय रूपमा सचेतता अपनाउँनु पर्ने हुन्छ । विभिन्न देशमा खाेप लगाएकाहरूलाई समेत काेराेनाकाे नयाँ संक्रमण देखापरेसँगै यसले थप चिन्ता बढाएकाे छ ।