प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ ।
नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जीपमा गएका थिए । जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।
दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।घटनामा १० जना घाइते छन् ।तल्काल दुर्घटनाकाे कारण खुल्न नसके पनि क्षमता भन्दा बढी यात्रुका कारण भएकाे प्रहरीकाे अनुमान छ ।