प्रधानमन्त्री देउवा विश्वासकाे मतकाे दाैडधुपमा,पदाधिकारी बैठक स्थगित

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।आज दिउँसो २ बजे डाकिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि स्थगित गरिएकाे हाे ।

बैठक शुक्रबार २ बजे बस्ने गरी स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पदाधिकारी बैठकमा सरकारमा कांग्रेसका तर्फबाट चयन हुने मन्त्री, पार्टीको आसन्न १४ औं महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुनेछ।

बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन छलफलमा जुटेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरिरहेका छन् ।

संयुक्त सरकार बन्ने अवस्था नआएमा देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ।