सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ५ वर्ष अगाडि

काठमाडाैं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेकाे छ। अघिल्लाे सरकारकाे असार २७ गतेकाे मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेकाे हाे।

सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाे हाे । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएकाे छ।