मुलपानीमा पनि ब्लड बैङ्क

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रविधि , ३ वर्ष अगाडि


काठमाण्डौं ५ श्राबण । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले मुलपानी नगर अस्पतालमा ब्लड बैङ्क स्थापनाको प्रक्रिया अगाडी बढाएको छ ।ब्लडबैङ्क स्थापनाको लागि आज रक्तसंचार केन्द्रका प्रमुख, प्रबिधिक, नेपाल रेडक्रस काठमाण्डौ शाखा, कागेश्वरी मनोहरा नगरपालीका तथा प्रदेश सांसद समेत राखेर संयुक्त्त छलफल आयोजना गरेको छ ।

No description available.

छलफलमा शंकरापुर अस्पतालका निर्देशम रमेश ढकालले ब्लडबैङ्क स्थापनाको लागि आबश्यक पूर्बाधार तथा लागत प्रस्तुत गरेका थिए । रक्त्तसंचारकेन्द्रका प्राबिधिकहरु संन्जिब कुमार यादब तथा श्रबण कुमार श्रेष्ठले आबश्यक सामाग्रीहरुको बिस्तृत बिबरण पेश गरेका थिए ।

No description available.

केन्द्रका निर्देशक दिब्यराज पौडेलले गतबर्ष नेपालमा मात्रै २ लाख ७१ हजार जनाले रक्तदान गरेको जानकारी दिदै बिश्वलाई नेपालको रक्तदान सेवा सुलभ, गुणस्तरीय तथा मर्यादित रहेको सन्देश दिन सफल रहेको बताए । साथै केन्द्रका तर्फबाट मुलपानी नगर अस्पतालमा स्थापना गरिने ब्लडबैङ्कको लागी आबश्यक सहयोग गर्ने प्रतिबद्यता ब्यक्त गरे ।

No description available.

कार्यक्रममा प्रदेश सांसद मणिराम फुयालले ब्लडबैङ्कको लागि आबश्यक बजेट अभाब हुन नदिने तर ब्यबस्थापन पक्ष र दिर्घकालिन योजना पेश गर्न रेडक्रस उपशाखालाई आग्रह गरेका थिए ।

नगरपालिकाको तर्फबाट उपमेयर बिन्दु सिंखडा, प्रबक्त्ता राजाराम पुडासैनी तथा वडा नं १ का वडा अक्ष्यक्षले ब्लडबैङ्कको लागी दिर्घकालिन सहयोग उपलब्ध गराउन नगरको कार्यपालिकाबाटै योजना स्विकृत गराउने आश्वासन दिएका थिए ।

No description available.

कार्यक्रमका सभापति एबं उपशाखाका अध्यक्ष बासुदेब पौडेलले काठमाण्डौको उत्तरपुर्बी क्षेत्रमा ब्लडबैङ्क नहुदा यो क्षेत्रका बासिन्दाले भोग्नु परेको समस्याहरु र ब्लडबैङ्क स्थापनाको औचित्यका बारेमा जानकारी गराउनु भएको थियो ।

No description available.