१९ करोडमा संक्रमण, ४१ लाखको निधन

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , न्युज बैंक बिषेश , ३ वर्ष अगाडि

काठमाण्डौं ७ असार
बिश्वभर आतंङ्क मच्चाइ रहेको कोरोना भाइरसका कारण बिश्वमा हाल सम्म १९ करोड, २८ लाख, ३९ हजार ५ जना संक्रमित भइसकेका छन । जसमध्धे सबैभन्दा धेरै अमेरिकामा ३ करोड ५१ लाख ४६ हजार ४ सय ७६ जना संक्रमित भएका छन भने दोस्रो बढी संक्रमित हुनेमा भारत छ । त्यहां ३ करोड १२ लाख ५७ हजार ७ सय २० जना संक्रमित भएका छन ।
नेपालमा भने हाल सम्म ६ लाख ७२ हजार ८ सय ७१ जना संक्रमित भएका छन । बढि संक्रमित हुनेहरुको लिस्टमा नेपाल ३९औ स्थानमा छ ।
त्यसैगरी कोभिढ १९ का कारण हालसम्म ४१ लाख ४२ हजार ५ सय ८२ जनाले ज्यान गुमाइ सकेका छन । ज्यान गुमाउनेमा पनि अमेरिका नै अगाडी छ । त्यहां ६ लाख २५ हजार ८ सय ८ जनाले ज्यान गुमाएका छन भने दोस्रोमा सबैभन्दा बढी ज्यान ब्राजिलका नागरिकले गुमाएका छन । ब्राजिलमा हाल सम्म ५ लाख ४५ हजार ६ सय ९० जनाको ज्यान कोरोनाकै कारण गएको छ । बढी संक्रमित भएपनि ज्यान गुमाउनेमा भारत ब्राजिल भन्दा पछाडी छ । भारतमा कोरोनाका कारण हालसम्म ४ लाख १९ हजार २१ जनाले ज्यान गुमाएका छन । नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार छ सय ३७ पुगेको छ ।
यसैगरी संक्रमण पछी निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । बिश्वमा हालसम्म १७ करोड ५३ लाख ५७ हजार ७ सय ४ जना संक्रमण मुक्त भएका छन । सबैभन्दा धेरै संक्रमण मुक्त हुनेमा भारत अग्र स्थानमा छ । त्यहां ३ करोड ४ लाख २९ हजार ३ सय ३९ जना संक्रमण मुक्त भएका छन । अमेरिकामा २ करोड ९४ लाख ५८ हजार ४ सय ३ जनाले कोरोनालाइ जितेका छन भने नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३६ हजार ४ सय २ जना रहेको कोरोना भाइरको बिबरण अध्याबधिक गर्दै आइरहेको वल्डवमिटरले जनाएको छ ।