जसपाको कार्यकारिणी सदस्यहरुलाई आयोगले बोलायाे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ ।

आयोगमा बिहीबार बसेको आयोगको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दलको आधिकारिता विवाद गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयं उपस्थित हुन भनिएको उनले बताए । दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरुलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको श्रेष्ठले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो । उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।