कुवेतमा ३ नेपालीको मृत्‍यु

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रवास , ३ वर्ष अगाडि

बैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सिराहाका राजीउल्ला मोहमद रहेका छन् ।

राहदानी नं १०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलुकामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन् । उनले २०,जुलाई २०२१का दिन आफ्नो स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेकी बताइएको छ ।

यस्तै गरी राहदानी नं ०६९५३३३५का अमिर तामाङको १९जुलाई २०२१ का दिन हृदयघातका कारण मृत्‍यु भएको हो । २५ बर्षिय अमिर सामान्य अवस्थामै सुतेकोमा बिहान मृत भेटिएका थिए । उनी केही समय देखि अबैधानिक रुपमा भागेर काम गर्दै आएका थिए ।

त्यसैगरी राहदानी नं ०९८७९९१० का राजीउल्ला मोहमदको १८ जुलाई २०२१ का दिन मोटरसाइकल दुर्घटनामा मृत्‍यु भएको हो । उनी हार्दिस पिज्जामा होम डेलिभरी मोटरसाइकल चालकको रुपमा काम गर्दै आएका थिए ।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले सुमित्रा तामाङ धनकुटा,अमिर तामाङ लम्जुङ र राजीउल्ला मोहमद सिराहाको मृत्‍युबारे नेपाली राजदूताबासमा जानकारी आएको बताए ।

हामीले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि सम्बन्धित निकायहरु तथा कम्पनी र स्पोन्सरसंग समन्वय गरी कानूनी प्रकृया शुरु गरिसकेकाे बताउँदै सिलवाले सम्बन्धित परिवारलाई दूताबासको सम्पर्कमा आउन अनुरोध पनि गरेका छन् । हरिकृष्ण न्यौपानेबाट