मन्त्रीमण्डल बिस्तारमा प्रचण्ड सक्रिय बुधबार केहि मन्त्री थपिने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , ३ वर्ष अगाडि

काठमाण्डौ १२ श्राबण । नयां सरकार गठनको २ साता बितिसक्दा पनि मन्त्री परिषदले पुर्णता नपाएपछी सत्ता गठबन्धनको एक घटक माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहानै देखी सक्रिय भएका छन । बिहानै कोटेश्वर स्थित माधब नेपालको निबास पुगेर नेपाल संग सरकारमा सहभागीताका लागी आग्रह गरेका उनले लगतै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल बिस्तारमा बिलम्ब नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले आजै आफ्नो पार्टीको पदाधिकारी बैठक रहेको र त्यसमा समेत छलफल गरी आजै वा भोलि सम्ममा मन्त्रीमण्डल बिस्तार गर्ने आश्वासन प्रचण्डलाई दिएको बालुवाटार श्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री देउवाले दुई चरणमा तिन मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै पार्टी भित्र चरम असन्तुष्टि छ ।
प्रचण्डकै पार्टी माओबादी केन्द्रमा समेत मन्त्री बन्ने आकाँक्षी धेरै भएपछी दहाल आफै तनाबमा छन । जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउंदा प्रचण्डले सल्लाह नगरेको भनेर पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठ लगायत का नेताहरु असन्तुष्ट छन ।
हिजो पार्टीको आधिकारीकता पाइसकेपछी उत्साहित बनेका जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादब पनि मन्त्रीमण्डलमा आफ्नो पार्टीको तर्फबाट सहभागी हुनेहरुको नाम तयगर्न छलफलमा ब्यस्त छन ।