काठमाडौं १३ श्राबण । शान्तिपुरबाट सदरमुकाम तम्घासकालागी छुटेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन । घाइते मध्धे एक जानाको अबस्था गंभिर रहेकोजिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन ।
मुसिकोट नगरपालिकाको दोभानमा लु १ज ४५६५ नम्बरको जिप बिहान ११.३० बजेतिर दुर्घटना भएको थियो ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिदै छ ।
दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताएका छन ।
( फाइल फोटो )

