नागरिकले तलब दिएन, पत्रकारहरु अनसनमा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाण्डौ १४ श्राबण । नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाताहरुले अनसन शुरु गरेका छन । सँम्वाददाता तथा स्ट्रीन्जरहरूलाई व्यवस्थापन पक्षबाट झण्डै करिब वर्षदेखिको पारिश्रमिक उपलब्ध गराउन बाँकी छ । काठमाडौं सुन्धारास्थित पत्रिकाको केन्द्रिय कार्यालयमा पत्रकारहरु अनसन बसेपछी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी अनसन स्थलमा सहभागी भई ऐक्यवद्धता जनाएका छन ।
यसैबिच महासंघले बिज्ञप्ति जारी गर्दै एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद भएको बताउंदै यस्तोकार्य श्रमजीवी पत्रकार ऐनविपरीत हुने ठहर गरेको छ । महासंघले श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गरेको छ । अन्यथा यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।