प्रवासबाट पत्रकार महासंघको कोभिडकोषमा आर्थिक सहयोग

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ १४ श्राबण । युएई शाखाका निवर्तमान अध्यक्ष भुपराज बस्याल र युएईबाट नेपाल फर्किएका पत्रकारहरुको उपस्थितिमा महासंघले निर्माण गरेको कोभिड तथा आपतकालिन कोषको निम्ति युएई शाखाले आर्थिक सहयोग गरेको छ ।

हिजो युएई शाखाले महासंघलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले युएई शाखाले आपतकालिन कोषको लागि गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन ।सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले महासंघले शुरु गरेको कोषका लागि प्रवासका शाखाहरु महत्वपूर्ण सहयोगी हुने आशा समेत व्यक्त गरेका थिए ।
यस अघि कोषमा महासंघको कतार शाखाले ५८ हजार २ सय सहयोग हस्तारण गरेको थियो । गत माघ ६ गते शाखाले तत्कालिन अध्यक्ष गोबिन्द आचार्यलाई हस्तान्तरण गरेको थियो ।