पूर्वप्रधानमन्त्री खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।  

उहाँका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेकाे हाे । अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।  

ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो ।