साउन २३, काठमाडौँ । कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जना भारतियलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीउनीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
प्रहरी अनुसार बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अंग लुकाएर बेच्न राखिएको मासु समेत बरामद गरिएको जनाएको छ ।

