काठमाडाैं । नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान बसेकाे बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेकाे हाे ।
उक्त विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।यस अघिकाे स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीकाे राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पेश भएकाे थियाे । सोही प्रतिवेदनलाइ केहीबेर पछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको बताए।
बैठकमा माधव नेपाल पक्षकालाइ पनि डाकिएकाे छ तर उनीहरू सहभागी नहुने बुझिएकाे छ । एकता प्रक्रियाकाे कुरा अगाडि बढे पनि विश्वासकाे स्थिति नभएकाे नेता नेपालले बताउँदै अाएका छन् ।

