प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्वेतपत्र प्रस्तुत गर्दैछन् ।
बैठकलाइ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यसूची रहेकाे छ। प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा पहिलाे पटक बाेल्न लागेका हुन् ।त्यस्तै सांसदहरूले शून्य र विशेष समयमा समसामयिक विषयमा आफ्नाे धारणा राख्ने छन् ।
यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ को सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

