काठमाण्डौ, साउन २६ । मानुषी लघुबित्तले बुधवार साउन २७ गते देखी आईपिओ खुलाउने भएको छ । लघुबित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैया बाराबरको ३ लाख ९३ हजार ७ सय ५०
कित्ता आइपिओ खुलाउन लागेको हो ।
लघुबित्तले कर्मचारीकोलागि ५ हजार ४ सय ६९ कित्ता छुट्याएको छ ,भने म्युचल फण्डको लागी १९ हजार ६ सय ८८ कित्ता छुट्याएको छ । सर्वसाधारण को लागी भने ३ लाख ६८ हजार ५सय ९३ कित्ता छुट्याएको छ ।
नेपाल एस बि आइ मर्चन्ट बैन्किङ बिक्री प्रबन्धक रहेको मानुषी लघुबित्तको साउन ३१ गते सम्म आवेदन दिन सक्नेछन । यस अबधीमा आवेदन नपरेमा भदौ ९ गते सम्म आवेदन दिने मिती थप गर्न सक्ने बिक्री प्रबन्धक कम्पनिले जनाएको छ । पछिल्लो समय सेयर कारोवारमा सर्बसाधारणको आकर्षक बढ्दो छ । आवेदनकर्ताले सि-आस्वा मार्फत बैकमा गएर आवेदन दिन सक्ने छन भने मेरो सेयरका प्रयोगकर्ताले मोबाइल मार्फत आवेदन दिन सक्नेछन ।