शंकर पोखरेलले दिए राजीनामा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , ३ वर्ष अगाडि

काठमाडौं, साउन २७। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

विश्वासको मत गुमाइसकेका मुख्यमन्त्री पोखरेलले यसअघि अल्पमतमा परेपछि राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा सकारात्मक भएको विपक्षी गठबन्धनले बताएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएसँगै यसबारे आजको प्रदेशसभा बैठकमा छलफल हुने कार्यसूची तय भएपछि अन्तिम समयमा पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

आगामी दुई वर्ष मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई भइरहेको छ ।