रेल्वे कम्पनीका महाप्रबन्धकाले दिए राजीनामा

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाण्डौ, साउन २७ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले १३ महिनाअघि भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको भट्टराईले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

हेर्नुहोस राजिनामापत्र