लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ, साउन २८ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् ।


माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका थिए ।