तोलामा ३ सय बढ्यो सुनको भाउ

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौ, २९ साउन । केहिदिनदेखी निरन्तर ओरालो लागेको सुनको भाउमा आज भने केहि उकालो लागेको छ ।
आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन । शाक्यका अनुसार भाउ बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो ।
चाँदीको भाउ भने आज थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।