कोरोनाको तेस्रो भेरिएण्टको सामना गर्न सरकारले तयारी थाल्यो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं, २९ साउन । छिटै आउन सक्ने भन्दै कोरोना भाइरसको रोकथाम तथा उपचारको लागि सरकारले तयारी शुरु गरेको छ । यसै सन्दर्भमा गृह मन्त्रालयको हिजोको सचिब स्तरिय निर्णय अनुसार ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न परिपत्र मार्फत निर्देशन दिएको हो ।

कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अहिले अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ । सूचीकृत अस्पतालको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि भनेको छ ।

आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न सबै प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन

यस्तै सूचीकृत अस्पतालमा संक्रमितको तथ्यांक र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई भनेको छ । मासिक अद्यावधिक विवरण एकिनगरी त्यसै अनुसार निःशुल्क उपचार भएका संक्रमितको विवरण सम्बन्धित अस्पताललाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले सूचीकृत अस्पतालको नियमित सुपरिवेक्षण एवं अनुगमनगर्न पनि परिपत्रमार्फतनै निर्देशन दिएको छ ।