अध्यक्ष प्रचण्डको प्रतिवेदन पारित गर्दै माओवादी केन्द्रको बैठक सकिदै

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि


काठमाडाैं,३१ साउन । नेकपा माओवादी केन्द्रले आज नै केन्द्रीय समितिको बैठक सक्ने तयारी गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा आइतबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले सकभर आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने समझदारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाले केन्द्रीय समितिका समूहगत छलफलको सुझाव प्रस्तुत हुने, प्रतिवेदन पारित हुने र प्रचण्डको सम्बोधन पछि आवश्यक पछि आवश्यक निर्णय गरेर बैठक सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।

शनिबारबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रतिवेदन र विधान तथा संगठन कार्यदलले पेश गरेका दुई प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्।