काठमाडाैं,२ भदाै । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना काठमाडाैं आइपुगेका छन् ।
उनीहरु आज बिहान सवा ९ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।हिजाे नै ११८ जना नेपाल आइसकेका छन् ।
यसैबीच, काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरिएकाे छ।ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत बेलायत लगेका उनीहरूलाइ उद्दार गरेर बेलायत पुर्याइएको हो ।
यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो । तीमध्ये ११८ जना हिजाे नै नेपाल आइसकेका छन् । काबुलमा अझै थुप्रै नेपालीहरू उद्दारकाे पर्खाइमा रहेकाे जनाइएकाे छ ।
तालिवानी विद्राेहीले अफगानस्थान कब्जा गरेपछि विदेशीहरूले त्यहा रहेका अाफ्ना नागरिकहरूलाइ धमाधम उद्दार गरिरहेका छन् । तालिबान समूहले राजधानी कब्जा गरेपछि त्यहाँका राष्ट्रपति पनि देश छाडेर अन्यत्रै गएकाे अवस्था छ । उनीहरूले पहिलेकाे भन्दा राम्राेसँग शासन सत्ता संचालन गर्ने दावी गरेका छन् ।