विचार मिल्नेसँग सहकार्यसँगै एकता गर्ने माओवादीकाे निर्णय

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं,६ भदाै । नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो ।

एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ ।

बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय समितिको बैठकको दिशानिर्देशअनुसार आज विभागीय प्रमुख, प्रदेश प्रमुख तोकिएको हो । माओवादीले सात प्रदेशका इन्चार्ज र अन्य विभागका प्रमुख तोकेर पार्टी सङ्गठनको कामलाई प्रभावकारी बनाउन लागिएको जनाएको छ ।

माओवादीले जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेको छ । सोही आधारमा जिल्ला इन्चार्ज तोकेको छ ।